NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सार्वजनिक व्यवस्थापनका आधारभूत सिद्धान्त के हुन् ? यसको सुधारका लागि के गर्ने ? 

काठमाडौं । लोक सेवा आयोगले कायम गरेको निष्पक्षताले जनतामा यसप्रतिको विश्वास बढाएको छ । त्यसैले यसले लिने परीक्षाप्रति आकर्षण बढ्दो छ । परीक्षामा राम्रो नतिजा हासिल गरी निजामती सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही अवस्थालाई मध्यनजर गरी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा सुमन खड्काले सार्वजनिक व्यवस्थापनका आधारभूत सिद्धान्तसँगै यसको सुधारबारे प्रश्नको समाधान सुझाउनुभएको छ ।

१. सार्वजनिक व्यवस्थापनका आधारभूत सिद्धान्तहरु उल्लेख गर्दै नेपालको सन्दर्भमा सार्वजनिक व्यवस्थापनलाई प्रभावकारी र जनमैत्री बनाउन कुन कुन पक्षमा सुधार गर्न आवश्यक देखिन्छ ? व्यवहारिक उपायहरु लेख्नुहोस् । 

सार्वजनिक व्यवस्थापन

जनहितका लागि सार्वजनिक मामिलाहरुको व्यवस्थापन सार्वजनिक व्यवस्थापन हो । यसले नागरिकका हितका लागि आवश्यक पर्ने योजना, संगठन, निर्देशन लगायतका व्यवस्थापकीय क्रियाकलापहरु गर्दछ ।

सन् १९८० को दशकबाट सार्वजनिक व्यवस्थापनको अवधारणा सुरुवात भएको मानिन्छ ।

सार्वजनिक व्यवस्थापन सञ्चालन हुने वा मूल्यमान्यता र आदर्शहरु नै सार्वजनिक व्यवस्थापनको आधारभूत सिद्धान्त हुन् । जसलाई देहाय बमोजिम प्रस्तुत गरिन्छ :

  • Scientific Management theory
  • Public choice theory
  • Principal agent theory
  • आदेशको पालना
  • आदेशको एकता
  • निरन्तरताको सिद्धान्त
  • गतिशीलताको सिद्धान्त
  • कार्यात्मक एकताको सिद्धान्त
  • कर्मचारीतन्त्रीय सिद्धान्त
  • नवीन सार्वजनिक सेवाको सिद्धान्त
  • प्रणालीगत सिद्धान्त
  • सहभागितामूलक सिद्धान्त
  • मानव सम्वन्धवादी सिद्धान्त
  • नवीन सार्वजनिक शासनको सिद्धान्त

यसका साथसाथै

  • योजनाको सिद्धान्त
  • संगठनको सिद्धान्त
  • बजेटको सिद्धान्त
  • कानूनको सिद्धान्त
  • सहभागिताको सिद्धान्त
  • समन्वयको सिद्धान्तलाई पनि सार्वजनिक व्यवस्थापनको आधारभूत सिद्धान्तको रुपमा लिइन्छ ।

सार्वजनिक व्यवस्थापनले नागरिकलाई सेवा गर्नुपर्ने र सम्पूर्ण सार्वजनिक मामिलाहरुको व्यवस्थापनमा जोड दिएको हुन्छ । तसर्थ यी सिद्धान्त र मूल्यमान्यताका आधारमा सार्वजनिक व्यवस्थापन सञ्चालन भएको हुन्छ ।

सार्वजनिक व्यवस्थापनलाई जनमुखी र प्रभावकारी बनाउन

सम्पूर्ण सार्वजनिक नीतिको निर्माण र कार्यन्वयन गर्ने, शासकीय संरचनाहरुको रुपमा रहेको सार्वजनिक व्यवस्थापनलाई प्रभावकारी र जनमैत्री बनाइनु आवश्यक देखिन्छ ।

विश्वमा शासकीय मूल्यमान्यताहरुमा आएको परिवर्तन, विश्वव्यापीकरण, आर्थिक उदारीकरण र निजीकरणको अवधारणा सँगसँगै सार्वजनिक व्यवस्थापनलाई जनमैत्री र प्रभावकारी बनाउन देहायको पक्षमा सुधार गर्नुपर्ने देखिन्छ :

क) संरचनागत पक्ष

  • Thin and Competitive Structure को संगठन बनाउने
  • One door system बाट सेवा दिन सक्ने संगठन बनाउने
  • SMART (Specific, Measurable, Achievable, Reliable and Transparent) सार्वजनिक प्रशासन संचालन गर्ने ।

ख) सेवा प्रवाह

  • Voice, Choice and Right को सम्वोधन गर्ने सेवा प्रवाह गर्ने
  • एकद्धार र एकीकृत रुपमा सेवा प्रवाह गर्ने
  • संघ, प्रदेश र स्थानीय तीनै वटा तहमा समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा सेवा प्रदान गर्ने
  • श्रोत साधन र लाभको न्यायोचित वितरण गर्ने वातावरण मिलाउने
  • सुशासनयुक्त सेवा प्रवाह गर्ने ।

ग) संस्थागत पक्ष

  • जनमैत्री रुपमा पारदर्शी तबरले संस्थाहरुले आफ्नो कार्य गर्ने
  • सरकारी, सहकारी र निजी क्षेत्रबीच आपसमा समन्वय र सहकार्य गर्ने
  • New technology and ICT को प्रयोगमा जोड दिने ।

घ) अन्य पक्ष

  • Networking governance
  • Cooperative governance
  • Good Governance
  • Responsible governance
  • Digital era governance मा जोड दिने र पारदर्शी, जवाफदेही तबरले सार्वजनिक व्यवस्थापनले कार्य गरी जनमैत्री र प्रभावकारी बनाउन सकिन्छ ।

सारमा,

सार्वजनिक व्यवस्थापनका नवीन मूल्यमान्यता र आदर्शहरुको अवलम्वन मार्फत जनताको इच्छा, आकांक्षा र चाहनालाई सम्वोधन गरी सार्वजनिक व्यवस्थापनलाई प्रभावकारी र जनमैत्री बनाउनु आजको आवश्यकता हो ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)

लोक सेवा परीक्षा तयारीसँग सम्बन्धित यसअघि प्रकाशिन सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्