NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

तस्करीको सुन पगालिँदै, सीआईबीले महाशाखालाई पठायो पत्र

काठमाडौं । २७ दिनअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको क्वीन्टल सुन जोखिने भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन जोख्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र पठाएसँगै सुन जोख्ने प्रक्रिया सुरु हुन लागेको हो ।

तर महाशाखा भने राजश्व अनुसन्धान विभागको पत्रको पखाईमा छ । महाशाखाले राजश्वको पत्र आएपछि सुन गाल्ने र त्यसपछि जोखिने बताएको छ । यसका लागि एक हप्तासम्मको समय लाग्न सक्ने जनाइएको छ ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ । राजस्वले बरामद गरेको ब्रेकशु सहितको सुनको तौल १ सय ५५ किलो रहेको छ ।