NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते
सचिव सरुवा

कृष्णहरि पुष्करलाई अर्थसचिव बनाउने तयारी

काठमाडौं । सरकारले अर्थसचिवमा कृष्णहरि पुष्करको सरुवा गर्ने भएको छ । सचिव सरुवा अन्तर्गत उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लगिने निर्णय भएको स्रोतले बतायो ।

उनकाअनुसार आज बस्ने मन्त्रिपरिषद्को बैठकमार्फत  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा रहेका पुष्करलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने तयारी भएको छ । यसअघि अर्थसचिव भइसकेका पुष्करलाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव लगिएको हो । प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलले मन्त्रिपरिषद् बैठकको तयारी भइरहेको जानकारी दिइन् ।

पुष्करलाई अर्थ मन्त्रालय सरुवा गर्ने तयारी भएसँगै हालका अर्थसचिव अर्जुन प्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइनेछ ।

यसअघि राजस्व सचिव र अर्थ सचिव रहेका पुष्करसँग उद्योग मन्त्रालयमा काम गरेकाे अनुभव छ । याेसँगै उनले वैदेशिक रोजगार विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि काम गरिसकेका छन् ।

त्यस्तै, चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्न एक महिना पनि बाँकी नहुँदा पोखरेललाई अर्थ सचिवमा सरुवा गरिएको थियो । पुस्करले सहसचिव हुँदा आन्तरिक राजस्व विभाग, भन्सार विभाग र त्रिभुवन विमानस्थलको भन्सार कार्यालय, सम्पत्ति शुद्धिकरणको विभाग प्रमुखको रुपमा पनि काम गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष