NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

तीन सचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले तीनजना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको सरकारले जनाएको छ ।

बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले नेपाल कानुन आयोगका सचिव निरादेवी गर्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको जानकारी दिइन् ।

यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिवमा सरुवा गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।