शिक्षक महासंघको घोषणा: असोज ३ गतेदेखि सबै विद्यालय बन्द गरेर आन्दोलन

काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।
विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
महासंघका अध्यक्ष कमला तुलाधरले बारम्बार सरकारसँग माग गरेको र वार्तामा भएको मागहरू सम्बोधन नभएकाले सडक आन्दोलन गर्न बाध्य भएको बताइन् ।
असोज ३ गतेबाट देश भरिका विद्यालय बन्द गरी काठमाडौंमा गरिने सडक आन्दोलन सहभागी हुन सबै शिक्षक-कर्मचारीहरूलाई आह्वान गरिएको उनले जानकारी दिइन् ।
विधेयकले स्थायी, अस्थायी करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुलभूत मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको महासंघको भनाई छ ।
प्रतिक्रिया