तिनकुने सामूहिक हत्याकाण्डः कुटपिटको प्रतिशोध लिन क्रुर हत्या

काठमाडौैं । शुक्रबार बेलुका काठमाडौंको तीनकुनेमा चार जनाको हत्या घटना सामान्य विवादमा परिणाम भएको अनुसन्धानमा खुलेको छ । हत्यामा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौंको काँडाघारी बस्ने २३ वर्षिय संजय भण्डारीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार तिनकुनेको दिव्या स मिलमा बस्ने धनकुटाका बिशाल राईसँग उनको केही समयअघि विवाद भएको थियो । राईको मोटरसाइकलले भण्डारीलाई धक्का दिएको थियो । त्यसको विवादमा राईले उनलाई कुटपिट समेत गरेका थिए । त्यसकै रिसिइवीमा उनी शुक्रबार खुकुरी बोकेर राईलाई धम्काउने र झगडा परे मार्ने योजनासहित स मिलमा गएका थिए । जहाँ राईलाई उनले सुरुमा खुकुरी प्रहार गरेकोमा अरुले देखेपछि आफ्नो संलग्नता खुल्ने डरले थप तीन जनालाई हत्या गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।
हत्यापछि हिड्दै उनी काँडाघारी गएका थिए । बोल्न नसक्ने उनी नक्सालस्थित बहिरा स्कुलमा अध्ययन गर्दथे । शनिबार सो स्कुलमा नियमित झै गएका थिए । आइतबार बिहान सिन्धुपल्चोक भाग्न खोज्दा उनी पक्राउ परेका हुन् । हत्यामा प्रयोग भएको खुकुरी पनि प्रहरीले बरामद गरेको छ ।
प्रतिक्रिया