भावनात्मक परिपक्वताको कमीले कसरी बिग्रन्छन् सम्बन्धहरू ?
काठमाडौं । भावनात्मक बुद्धिमता के हो ? यसको विकास गरेर कसरी व्यक्ति भावनात्मक रूपमा परिपक्व हुन सक्छ ?
नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको यसपटकको श्रृंखलामा माइ इमोसन्स म्याटरका सहसंस्थापक सागर सत्याल सँग कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले भावानात्मक बुद्धिमताका विभिन्न आयामबारे संवाद गरेका छन् ।
भावनात्मक परिवक्वता नभएका कारण धेरै दुःख पाएको बताउने सत्याल आफू पनि सिक्ने र सिकाउने भनेर यो क्षेत्रमा लागेको सुनाउँछन् ।
उनका अनुसार भावानात्मक परिपक्पता व्यक्तिमा जन्मजात हुने कुरा होइन । समयक्रमसँगै सिक्दै जाने विषय भएको उनले बताए । यसको लागि व्यक्तिले सर्वप्रथम ‘इमोसन्स भोकाबुलरी’ अथवा आफ्ना भावनालाई नाम दिन सिक्नुपर्छ । रिस, अपेक्षा, घृणा, आनन्द, डर, दुःख, आश्चार्य र विश्वास । व्यक्तिले यही आठवटा मुख्य भावनाहरूको गहिराइ बुझ्न र साझा गर्न सक्नुपर्छ ।
भावनात्मक परिवक्वताले व्यक्तिलाई आफूले गरेका निर्णयलाई अपनत्व लिन सिकाउने सत्याल बताउँछन् । योसँगै सम्बन्धहरू टिकाइरहन पनि यसको भूमिका रहन्छ । भावनात्मक बुद्धिमताको महत्व र यसलाई कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा गरिएको संवाद तलको लिंकमा हेर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया