NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

भावनात्मक परिपक्वताको कमीले कसरी बिग्रन्छन् सम्बन्धहरू ?

काठमाडौं । भावनात्मक बुद्धिमता के हो ? यसको विकास गरेर कसरी व्यक्ति भावनात्मक रूपमा परिपक्व हुन सक्छ ?

नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको यसपटकको श्रृंखलामा माइ इमोसन्स म्याटरका सहसंस्थापक सागर सत्याल सँग कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले भावानात्मक बुद्धिमताका विभिन्न आयामबारे संवाद गरेका छन् ।

भावनात्मक परिवक्वता नभएका कारण धेरै दुःख पाएको बताउने सत्याल आफू पनि सिक्ने र सिकाउने भनेर यो क्षेत्रमा लागेको सुनाउँछन् ।

उनका अनुसार भावानात्मक परिपक्पता व्यक्तिमा जन्मजात हुने कुरा होइन । समयक्रमसँगै सिक्दै जाने विषय भएको उनले बताए । यसको लागि व्यक्तिले सर्वप्रथम ‘इमोसन्स भोकाबुलरी’ अथवा आफ्ना भावनालाई नाम दिन सिक्नुपर्छ । रिस, अपेक्षा, घृणा, आनन्द, डर, दुःख, आश्चार्य र विश्वास । व्यक्तिले यही आठवटा मुख्य भावनाहरूको गहिराइ बुझ्न र साझा गर्न सक्नुपर्छ ।

भावनात्मक परिवक्वताले व्यक्तिलाई आफूले गरेका निर्णयलाई अपनत्व लिन सिकाउने सत्याल बताउँछन् । योसँगै सम्बन्धहरू टिकाइरहन पनि यसको भूमिका रहन्छ । भावनात्मक बुद्धिमताको महत्व र यसलाई कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा गरिएको संवाद तलको लिंकमा हेर्न सक्नुहुनेछ ।