अमेरिकादेखि कर्णालीको शिक्षा सुधार्न किन आइन् म्यागी ?
काठमाडौं । १८ वर्षको उमेरमै नेपाल आएर यहाँको शिक्षा सुधारमा लागिरहेकी अमेरिकी नागरिक म्यागी डोएनले जीवनको आधा समय यहीँ बिताइसकेकी छिन् ।
पछिल्लो दुई दशकमा नेपालमा शिक्षामाथिको पहुँच बढेको उनको अनुभव छ । विशेषगरी महिलाको शिक्षामा पहुँच उत्तिकै बढेको उनले बताइन् । तर शिक्षाको गुणस्तरमा पनि अझै धेरै काम गर्नुपर्ने उनको बुझाइ छ ।
उनको नेतृत्वमा स्थापना भएको सुर्खेतस्थित कोपिला भ्याली स्कुलले शिक्षाको गुणस्तर वृद्धिमै ध्यान दिइरहेको छ ।
एक वर्ष घुमेरै बिताउँछु भनेर उनी भारत हुँदै नेपाल आएकी थिइन् । त्यतिबेला नेपाली भूमिमा सशस्त्र युद्ध चलिरहेको थियो । भारतमा भेट भएका एकजना प्रवासी नेपालीसँगै कर्णालीको कालीकोटस्थित उनको गाउँमा आएपछि उनले नेपाल प्रवेश गरेकी हुन् ।
कर्णालीमै हुँदा उनले विद्यालयका विविध समस्या नजिबाट नियाल्ने मौका पाइन् । विद्यालय भएपनि समयमा किताब नहुने, किताब भए शिक्षक नआउनेजस्ता समस्या देखेर चकित भएकी थिइन् ।
युद्ध चलिरहेका कारण त्यतिबेला कतिपय बच्चा अभिभावकविहीन भएका थिए । खाद्यन्न संकट पनि उस्तै थियो । उनले ती बालबालिकाहरू भेटिन् । दिनमा सय रुपैयाँ कमाउनकै लागि उनीहरू पढ्नुको साटो गिट्टी कुट्न बाध्य थिए ।
६/७ वर्षका ती बालकालिकाहरू शिक्षाबाट वञ्चित भएर गिट्टी कुटेको देखेपछि उनले कोपिला भ्यालीको स्थापना गर्ने योजना बनाउन थालिन् ।
५, १० १५ हुँदै आजको दिनसम्म आइपुग्दा कोपिला भ्यालीले ८०० जना बच्चाहरूलाई शिक्षा दिइरहेको छ । उनै डोएनसँग यसपटकको एजुकेसनको डायलगको श्रृंखलामा उनको नेपाल यात्रा, शिक्षा क्षेत्रमा काम गरिरहँदाका अनुभवबारे कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले संवाद गरेका छन् ।
हेर्नुहोस् उनीहरूबीच भएको संवादको पूरा भिडियोः
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया