छाडा गाईबाच्छालाई बालेनको सेल्टर, खुवाउन साइलेज र हेरचाहका लागि जनशक्ति नियुक्त

काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) ले सडकका बेवारिस गाईबाच्छा काठमाडौंको दक्षिणकालीमा व्यवस्थापन गर्ने भएको छ । सडकमा लावारिस चौपायाको कल्याण तथा त्यसका कारण निम्तिन सक्ने सवारी दुर्घटनालाई मध्यनजर गरेर दक्षिणकाली नगरपालिका–७ स्थित कोपु गाउँमा महानगरपालिकाले सडकका गाईबाच्छा व्यवस्थापन गर्न लागेको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले कात्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर कोपुगाउँमा रहेको काञ्जी हाउसमा राखिने बताए । सडकमा छाडिएका चौपायाले खान नपाउने, बिरामी पर्दा उपचार नपाउने तथा सवारी दुर्घटना गराउने जोखिम बढेकाले यसबाट बचाउन महानगरपालिकाले यस्तो कदम चालेको बालेनको भनाइ छ ।
‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् । तिर्खा लागेका बेला पानी पाउँदैनन् । बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उनीहरूलाई यो जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौं,’ मेयर शाहले यसबारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन् ।
काञ्जी हाउसमा राखिने चौपायाका लागि खुवाउन आवश्यक सामग्री तथा हेरचाहका लागि कामपाले जनशक्तिसमेत व्यवस्थापन गरिएको छ । मेयर शाहका अनुसार, चौपाया हेरचाहका लागि दुई स्थानीयलाई दैनिक ज्यालादारीमा राखिएको छ । त्यस्तै चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरिएको छ । दक्षिणकाली नगरपालिका वडा नंं. ७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधा पनि प्रबन्ध गरिएको छ ।
ताजा अपडेट
-
सुनुवाइ सकिएको साढे ५ घण्टासम्म किन आएन रविको आदेश ?
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
प्रतिक्रिया