नेपाल प्रहरीका नायब निरीक्षक भ्रष्टाचारी ठहर

काठमाडौं । नेपाल प्रहरीका एक नायब निरीक्षक(सइ) भ्रष्टाचारी ठहर भएका छन्। जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा कार्यरत सइ बिनोद बिष्टलाई बिशेष अदालतले भ्रष्टाचारी ठहर गरेको हो ।
ठेकदारसँग घुस लिदै गर्दा उनी दुई लाख रुपैयाँसहित गत जेठमा पक्राउ परेका थिए । उनलाई २० असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । यो मुद्दामा उनलाई ६ महिना कैद सजाय भएको छ ।
प्रतिक्रिया