NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १० गते

बलात्कार गरेर फरार युवकलाई कुवेतमा पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा कुवेतमा पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा नेपाल प्ररहीले कुवेतमा पक्राउ गरी मंगलबार नेपाल ल्याएकोहो ।

लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।

अपराध गरेर विदेश भागेकालाई ल्याउने काम भइरहेको नेपाल प्रहरीले जनाएकोछ । तीन दिनअघि मात्र यूएईबाट कोमलराज उपाध्यायलाई नेपाल प्रहरीले ल्याएको थियो ।