NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १० गते

भन्सारका कर्मचारीसहित पाँच जनाविरुद्ध राजश्व छलीको मुद्दा

काठामडौं । राजस्व अनुसन्धान विभागले भन्सारका दुई कर्मचारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ । भन्सार छलीमा मिलेमतो देखिएपछि सुनसरी भन्सारका कर्मचारी सन्देश लामिछाने र दीपक कार्कीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो ।

र भारतीय सेनाको नक्कली पेन्सनपट्टा खडा गरेर उनीहरुले सामान तस्करी गरेको विभागले जनाएको छ । कर्मचारीसहित तस्करीमा संलग्न चक्रबहादुर कुँवर, निमकाजी श्रेष्ठ र खेमबहादुर गुरुङविरुद्ध मंगलबार मुद्दा दायर भएको हो । भारतीय सेनाबाट अवकाश पाएपछि नेपाल फर्कने क्रममा एकपटकमा ५० हजार बराबरका पुराना सामान ल्याउन पाउने सुविधाको दुरुपयोग गरी उनीहरुले पटक पटक तस्करी गरेका थिए । त्यसमा भन्सार कर्मचारीको समेत मिलेमतो रहेको विभागको दाबी छ । मुद्दा दायर गरिएकामध्ये गुरुङलाई विभागले पक्राउ गरेको थियो ।