नागरिक उड्डयनका अधिकृतसहित चार कर्मचारी सुन तस्करीमा पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संगठित रुपमा सुन तस्करीको आरोपमा नागरिक उड्डयनका चार कर्मचारी पक्राउ परेका छन् । अधिकृत राधाकृष्ण श्रेष्ठसहितका कर्मचारीलाई भन्सारले पक्राउ गरेको हो ।
गत २१ मंसिरमा बरामद भएको १४ किलो सुन तस्करीको अनुसन्धानमा नागरिक उड्डयनकै संलग्नता देखिएको हो ।
जसमा शेरबहादुर बस्नेत, लोकबहादुर तामाङ र रमेश देउला पक्राउ परेका हुन् । उनीहरुले विदेशबाट आउने सुन पास गराउँदै आउका थिए । तस्करीमा सघाउने तीन सफाई कर्मचारी पनि पक्राउ परिसकेका छन् । त्यस्तै, सुन ल्याउने काममा सक्रिय तीन जना गरी हालसम्म भन्सारले १० जनालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया