NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

भूकम्पमा भागेका कैदी ८ वर्षपछि समातिए

काठमाडौं । २०७२ सालको भूकम्पको समयमा कारागारबाट भागेका कैदी आठ वर्षपछि पक्राउ परेका छन् । २०७२ साल १२ बैशाखको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट भागेका ४२ वर्षिय निमा लामालाई प्रहरीले कास्कीको विजयपुरबाट पक्राउ गरेको हो ।

लामा कर्तव्य ज्यान मुद्दाका कैदी हुन् । उनलाई अदालतले कर्तव्य ज्यान मुद्दामा २० वर्ष तथा जेलबाट भागे भगाएको कसुरमा ९ वर्ष ६ महिना २० दिन कैद सजाय भएको थियो ।

२८ बैशाख २०७१ मा उनले सिन्धुपाल्चोक ठूलोपाखरकी ठूलीमाया तामाङको हत्या गरी शवलाई रुखमा झुन्डाएका थिए । जून मुद्दामा अदालतले उनलाई सोही वर्ष १७ चैतमा २० वर्ष कैद सजाय भएको थियो । जेलबाट भागेपछि थप साढे नौ वर्ष सजाय भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनलाई पक्राउ गरेको हो । अब उनी साढे २९ वर्ष जेल बस्नुपर्ने हुन्छ ।