NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

दुई छोराको कुटाईबाट बुबाको मृत्यु

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–१ गैरीगाउँ बस्ने ८३ वर्षीय चन्द्रमान तामाङको छोराहरुको कुटपिटबाट बुधबार बिहान मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा उनकै छोराहरू ४५ वर्षीय घनेन्द्र तामाङ र ४० वर्षीय देवेन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चन्द्रमान आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यासोकबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घनेन्द्र र देवेन्द्रले घरायसी विषयमा झै–झगडा गरी कुटपिट गरेको भन्ने खुल्न आएपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । घरायसी विवादमा उनीहरुले कुटेर हत्या गरेको प्रहरीले जनाएको छ ।