सिंचाईका हाकिमसहित चार जनालाई भ्रष्टाचारमा सफाइ

काठमाडौं । भ्रष्टाचार मुद्दामा सिंचाईका दुई कर्मचारीसहित चार जनाले सफाइ पाएका छन् । नारायणी सिंचाई व्यवस्थापन डिभिजन नम्बर ५ वीरगञ्जका तत्कालिन सिडिई मदन मोहन झा र लेखा अधिकृत मुरारी प्रसाद आचार्यले सफाई पाएका हुन् ।
अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगले फिल्डमा कामै नगरी नक्कली बिल बनाएर पाँच लाख ६१ हजार नौ सय ५० भ्रष्टाचार गरेको भन्दै १२ मंसिर २०७९ मा भ्रष्टाचा मुद्दा दायर गरेको थियो । उनीहरुसहित उपभोक्ता समितिका अध्यक्ष बनाइएका कुसुम देवी कलवार र कोषाध्यक्ष रामकिशोर प्रसादले पनि सफाइ पाएका छन् ।
बिशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलाशले प्रमाण नपुगेको भन्दै सफाइ दिने निर्णय गरेको हो ।
प्रतिक्रिया