नौ करोड अकुत सम्पत्ति भएका मालपोतका पियनलाई सफाइ

काठमाडौं । मालपोत कार्यालय चाबहिलका तत्कालिन कार्यालय सहयोगी राजेन्द्र बस्नेतले गैरकानुन सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । आठ करोड ९८ लाख ५८ हजार अकुत सम्पत्ति रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध चार वर्षअघि मुद्दा दायर गरेको थियो ।
बिशेष अदालतले आइतबार उनलाई सफाइ दिने फैसला गरेको हो । अख्तियारले उनीसँग स्रोत नखुलेको ११ लाख रुपैयाँसमेत बरामद गरी उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।
बस्नेतविरुद्ध मालपोतको राजश्व हिनामिना गरेको अर्काे मुद्दा समेत परेको थियो । चाबहिल मालपोतमा लामो समय काम गरेका उनले नै कार्यालय चलाउने चर्चा थियो ।
२०४५ सालमा सरकारी सेवामा जोडिएका बस्नेतले आफन्तको नाममा समेत पैसा राखेको अख्तियारको दाबी थियो । तर, अख्तियारले सफाइ दिएको छ ।
प्रतिक्रिया