सन्दीप लामिछानेलाई न्यूनतम सात वर्ष कैद हुने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई न्यूनतम सात वर्ष कैद सजाय हुने भएको छ । जिल्ला अदालत काठमाडौंको शुक्रबारको फैसलाअनुसार न्यूनतम ७ र बढीमा १० वर्ष सजाय हुने भएको छ ।
उनीमाथि नाबालिका बलात्कारको अभियोग लागेको थियो । तर, अदालतले पीडित बालिक रहेको ठहर गरेको छ । नाबालिका नै भएको अवस्थामा १२ वर्षसम्म कैद सजाय हुन सक्थ्यो । १० वर्षसम्म कैद सजाय भएकाले जेल बाहिरै बसेमा माथिल्ला अदालतमा मुद्दा लड्न पाउँछन् ।
तर, अदालतबाट दोषी ठहर भएकाले लामिछानेको खेलकुद करिअर भने धरापमा परेको छ । उनलाई २५ पुसमा सजाय निर्धारण हुनेछ ।
५ भदौ २०७९ मा गौशालाको होटलमा एक फ्यानलाई बलात्कार गरेको अभियोग उनीमाथि छ ।
प्रतिक्रिया