NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

डिआइजी सरुवामा गृहमन्त्री–आइजिपी असमझदारी

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबीचको असमझदारीले डिआइजीको सरुवा लम्बिएको छ । सोमबार पनि गृह मन्त्रालयमा यसबारे छलफल भएपनि निर्णय हुन सकेन ।

अवकाश हुन लागेका डिआइजीलाई प्रहरी महानिरीक्षक कुँवरले प्रदेशको नेतृत्व दिन चाहेका छैनन् । तर, गृहमन्त्रीले दिनुपर्ने बताएपछि सहमति नजुटेको गृह मन्त्रालय स्रोत बताउँछ । चार महिनापछि अवकाशमा जान लागेका डिआइजीद्वय विकाराज खनाल र सुरेन्द्र मैनाली मधेस वा लुम्बिनी जान चाहेका छन् । डिआइजीमा उनीहरुले इन्चार्ज पाएका छैनन् । तर, ती प्रदेशमा प्रहरी महानिरीक्षकले अन्य डिआइजीलाई पठाउन चाहेका छन् । डिआइजी सरुवाबारे छलफल गर्न सोमबार महानिरीक्षक कुँवर, एआइजी टेकप्रसाद राई र एसपी अर्जुन तिमल्सिना गृह मन्त्रालय गएका थिए ।

गृहले सातै प्रदेशका डिआइजी सरुवाको तयारी गरेको छ । प्रदेशमा जान कुबेर कडायत, विष्णु केसी, लालमणि आचार्य, चन्द्रकुबेर खापुङ, यज्ञबिनोद पोखरेल, रबिन्द्र केसी लगायत पनि आकांक्षी छन् ।

दुई महिनादेखि डिआइजी बढुवाको तयारी भएपनि सहमति नहुँदा निर्णय हुन सकेको छैन । डिएसपीबाट एसपी बढुवामा पनि यस्तै समस्याका कारण लामो समयदेखि एसपीका सात पद रिक्त छन् ।

ताजा अपडेट

नेपालवाच विशेष