NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

सेटिङ मिलाएर घुस खाने प्रहरीलाई चार महिना कैद

काठमाडौं । मोबाइल तस्करीमा सेटिङ मिलाएर घुस लिने प्रहरी र घुस दिने दुवै व्यक्ति भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । इप्रका बर्दघाटका प्रहरी जवान संजिव धवल र उनलाई घुस दिने भरतपुर महानगरपालिका वडा नम्बर–२१ का इन्द्रलाल श्रेष्ठलाई बिशेष अदालतले बिहीबार दोषी ठहर गरेको हो ।
दुवैलाई चार महिना कैद र ८७ हजार रुपैयाँ जरिवाना भएको छ । मोबाइल तस्करीमा संलग्न भरतपुर वडा नम्बर–८ स्थायी घर भएका अर्जुन प्रसाद शर्माले सफाइ पाएका छन् । जवान धवलले एक लाख ७५ हजार रुपैयाँ घुस लिएको छानबिनमा खुलेको थियो । गत ११ पुसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो ।
ईलाका प्रहरी कार्यालय बर्दघाट, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का तत्कालीन कार्यालय प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटना तस्करीसँग जोडिएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । सोही छानबिन समितिले मोबाइल तस्करीमा प्रहरीले सहयोग गरेको देखिएको थियो । सोही आधारमा अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको हो ।
२०७८ को साउनमा इन्सपेक्टर वाग्लेको मृत्यु भएको थियो । त्यसको अघिल्लो दिन उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो । इन्सपेक्टरको मृत्यु मोबाइल तस्करीसँग जोडिएको र यसमा तत्कालिन प्रदेश डिआइजी मुकुन्द आचार्यको समेत मिलमतो रहेको भन्दै कांग्रेस नेता देवेन्द्रराज कँडेलले बताएपछि छानबिन समिति बनेको थियो ।

जसमा नेपाल प्रहरीका तत्कालिन एसएसपी सुदीप गिरी र राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण गुरुङ थिए । गत २५ साउनमा इन्सपेक्टर वाग्लेको मृत्यु भएको थियो । त्यसको अघिल्लो दिन गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो ।
मोबाइल तस्करीमा सहयोग गरेको भन्दै उनलाई गृहले निलम्बन गरेको थियो । सो घटनामा लुम्बिनी प्रदेशका डिआजी मुकुन्द आचार्यले इन्सपेक्टर वाग्लेलाई दबाब दिएर सो मोबाइल छुटाउन लगाएको आरोप लागेको छ । जून मोबाइल पछि पूर्व नवलरापसी प्रहरीले बरामद गरेको थियो । त्यसमा डिआइजीको संलग्नता देखिएन तर इन्सपेक्टर वाग्लेले खटाएका जवानको संलग्नता पुष्टि भएको थियो ।