NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

डिउटीमै कुटिए असइ, तीन जना पक्राउ

स्याङजा । झैझगडा भएको ठाउँमा पुगेका प्रहरीमाथि नै कुटपिट भएको छ । स्याङजाको प्रहरी चौकी थुमपोखरामा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत मनोजकुमार सिंहमाथि निर्घात कुटपिट भएको हो ।

वालिङ नगरपालिका– १३ बायाँटारीस्थित झोलुंगे बजारमा झैझगडा मिलाउने क्रममा कुटपिट भएको हो । कुटपिटमा संलग्न स्याङ्जाको वालिङ–१२ कोखे बस्ने २८ वर्षीय रविन गुरुङ, सोही ठाउँ बस्ने २५ वर्षीय काजी गुरुङ र कोखेकै २४ वर्षीय सुदीप गुरुङ छन् ।

‘मादक पदार्थ सेवन गरी साथी–साथीबीच कुटपिट तथा झगडा गरेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी इन्द्र रानाले भने, ‘प्रहरीलाई जानकारी आएपछि घटनास्थलमा गएर सम्झाइबुझाई गर्दैगर्दा उल्टै प्रहरीलाई नै कुटपिट गरी घाइते बनाए।’ असइ सिंहको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष