NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

उपनिर्वाचनको प्रारम्भिक मत परिणामले एमाले उत्साहित, दुवै क्षेत्रमा अग्रता

काठमाडौं । उपनिर्वाचनको प्रारम्भिक मतपरिणामले नेकपा(एमाले)का नेताहरु उत्साहित भएका छन् । शनिबार निर्वाचन भएका दुवै क्षेत्रमा एमालेको अग्रता छ ।
इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता एक हजार भन्दा धेरै छ । पछिल्लो परिणामअनुसार नेम्वाङले तीन हजार सात सय ८३ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसको दुई हजार सात सय ८२ मत छ ।
त्यस्तै, बझाङको प्रदेश सभा १(१) मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीको अग्रता छ । उनले दुई हजार आठ सय ८० मत ल्याउँदा कांग्रेसका अभिषेकबहादुर सिंहको दुई हजार ८ सय २० मत ल्याएका छन् ।