NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २ गते

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएलगत्तै कर्मचारीद्वारा ‘आत्महत्या’

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका एक कर्मचारी मृत भेटिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल भक्तपुरको लोकन्थलीस्थित आफ्नो घरमा बिहीबार मृत भेटिएका हुन् ।
आफ्नै घरमा झुण्डिएको अवस्थामा उनी मृत भेटिएको भक्तपुरका प्रहरी प्रमुख एसपी बेद जोशीले बताए । सुसाइड नोट समेत भेटिएकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ । विशेष अदालतले उनलाई बुधबार ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार १ सय ५९ रुपैयाँ जरिवाना असुलको फैसला सुनाएको थियो।
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित चार जना दोषी ठहर भएका थिए । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको थियो।
सोही फैसलापछि उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । सुसाइड नोटमा उनले ‘माफ गर’ भनेर लेखेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष