NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते

संसद् भवनभित्र प्रहरी जवान मृत फेला

काठमाडौं । संघीय संसद् भवनभित्र एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिएका छन् । संसद् भवनको सुरक्षार्थ खटिँदै आएका अजित गोले बुधबार मृत भेटिएका हुन् ।

शौचालयबाट बुधबार बिहान गोली चलेको आवाज आएपछि त्यहाँ तैनाथ प्रहरीले गएर हेर्दा गोले मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

गोले बिहान ६ बजेट ड्युटीमा बसेका थिए । उनले बिहान ८ बजे गोली चलाएको बताइएको छ ।

दोलखाको मेलुङ गाउँपालिका ४ का गोलेको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।