NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २० गते

प्रहरी इन्सपेक्टरविरुद्ध मुद्दा दायर

काठमाडौं । नेपाल प्रहरीका इन्सपेक्टर बिदुर प्रसाद शिवाकोटीविरुद्ध बलात्कार मुद्दा दायर भएको छ । आफ्नै घरमा काम गर्ने बालिकालाई बलात्कार गरेको अभियोग उनीमाथि छ ।
प्रहरी वृत्त स्वयम्भुले उनलाई पक्राउ गरी सरकारी वकिलमार्फत आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
काठमार्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेका शिवाकोटीमाथि १३ वर्षिया बालिकामाथि बलात्कार गरेको अभियोग छ ।
गत १६ जेठमा आफुलाई बलात्कार गरेको पीडित बालिकाको भनाई छ । गत २३ जेठमा काठमाडौं महानगरपालिकाले बालिकालाई उद्धार गरेको थियो । जसक्रममा बालिकाले आफुमाथि शिवाकोटीले बारम्बार बलात्कार गर्दै आएको बताएकी हुन् ।नागार्जुनस्थित घरमै आफुमाथि बलात्कार हुँदै आएको उनको भनाई थियो ।
इन्सपेक्टर शिवाकोटीले भने इन्कारी बयान दिएका छन् । बालिका स्कुलबाट ढिला आउने लगायतको विषयमा गाली गर्र्ने गरेको र उनको घरमै फर्काइदिने कुरा गरेपछि आफुमाथि झुटा आरोप लगाएको उनको बयान छ ।
सरकारी वकिलले १८ देखि २० वर्ष कैद सजायको माग गरी मुद्दा दायर गरेको छ ।