NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २९ गते

कथालाई धेरैले सुन्ने बनाउन के गर्ने ?

काठमाडौं । सानैबाट कथा सुन्न मन पराउने मनोज राज पाण्डे विद्यालयमा कविता प्रतियोगिता होस् या वादविवाद, सधैं आफ्नो कुरा सुनाउन अग्रसर हुन्थे ।

बाल्यकालमै बसेको कथाको रसले उनलाई अहिलेसम्म पनि छोडेको भने छैन । मनोज अहिले पनि कथा सुनाउने र अरुलाई पनि कथा भन्न सिकाउने काममै व्यस्त छन् ।  कथामार्फत विद्यालयको पाठ्यक्रमहरु विद्यार्थीसमक्ष प्रभावकारी रुपमा पुर्याउन र सिकाउन उनी अग्रपंक्तिमा लागि परिरहेका छन् ।

नेपालवाचको भिडियो प्रस्तुती एजुकेसन डायलगमा उनी नेपालीहरु जन्मदेखि नै कथा सुनेर हुकर्ने संस्कृतिबाट आएको बताउँछन् ।

‘नेपालीहरु कथा सुन्दै सुन्दै हुर्किदै बढेका हुन् । हामी जन्मेदेखि नमरुन्जेल सम्म अझ मरेपछि पनि गरुण पुराण कथा सुन्ने र सुनाउने गर्छौं’ उनले भने, ‘घरमा पूजा लगाउन पर्दासमेत सत्यनारायणको पूजा लगाउँछौं,’ उनले भने ।

यद्यपि हाम्रो संस्कृतिमा यस्ता कुरा भएतापनि यसलाई मान्यता नदिएको र कथाको बारेमा धेरै बहस नहुने उनले गुनासो गरे । कथा र यसको महत्वलाई लिएर विश्वविद्यालय तथा कलेजहरुमासमेत पढाइ नहुने उनले बताए ।

नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको नयाँ श्रृंखलामा कथा र यसका विभिन्न आयाम, शिक्षामा यसको महत्व, कथा भन्ने शैली र यसमा प्रयोग हुने विधिलगायत विषयमा केन्द्रित भएर प्रस्तोता नरोत्तम अर्यालले मातृ नेपाल तथा कथा नेपालका संस्थापक मनोज राज पाण्डेसँग कुराकानी गरेका छन् ।

कुराकानीको पूरा भाग हेर्न तलको लिंकमा जानुहोस्ः