NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

क्रसर उद्योग बन्द गरेकोप्रति महासंघको आपत्ति

काठमाडौं । गृहमन्त्रालयले कानुन विपरीत हुने गरी दर्ता नगरी तथा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका ,ढुङ्गा गिट्टी , रोडा तथा बालुवा उत्खनन तथा प्रशोधन गर्ने क्रसर तथा बालुवा उद्योगहरू लाई बन्द गर्ने निर्देशन दिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयको उक्त कदमप्रति आपत्ति रहेको बताएको छ । महासंघले सरकारको सो निर्णयबाट आम उपभोक्ता तथा निर्माण क्षेत्रमा पर्न गएकाे असुविधाप्रति दु :ख व्यक्त गर्दै त्यसबाट पर्ने क्षतिको जिम्मेवारी सरकारले नै लिनुपर्नेसमेत विज्ञप्ति उल्लेख गरेको छ ।

गृहमन्त्रालयले गत बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।

कपिलवस्तुका ३३ क्रसर उद्योग बन्द