NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

चार लाख घुससहित पक्राउ परेका कर्मचारीलाई आठ महिना कैद

काठमाडौं । चार लाख रुपैयाँ घुससहित पक्राउ परेका दुई कर्मचारीलाई विशेष अदालतले आठ महिना कैद सजया सुनाएको छ । अन्य दुई जनाले सफाइ पाएका छन् ।
र विशेषका सदस्यत्रय तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले चार प्रतिवादीमध्ये दुई जनालाई सफाइ दिएको हो । ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाइ झापाका आयोजना व्यवस्थापक (सिडिई) हुतराज चौहान र इन्जिनियर धर्मेन्द्रकुमार झालाई सफाइ दिदै आयोजनाका इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाइै दोषी ठहर गरेको हो । ठेक्का सम्झौताअनुसारको निर्माण कार्यको अन्तिम बिल भुक्तानीबापत चार लाख रुपैयाँ घुस लिएको ठहर विशेषले गरेको छ।

उनीहरूलाई आठ–आठ महिना कैदका साथै जनही दुई लाख रुपैयाँ बिगोबराबर जरिवाना हुने फैसला भएको हो। चारै प्रतिवादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ७ साउनमा मुद्दा चलाएको थियो।