NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

प्रहरीलाई छक्याउँदै हिरासत तोडेर ६ अभियुक्त फरार

काठमाडौं । प्रहरीलाई छक्याउँदै ६ अभियुक्त हिरासतबाट फरार भएका छन् । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतमा रहेका ६ अभियुक्त गएराति फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले हातहतियार र लागूऔषधका ६ अभियुक्त हिरासत तोडेर गएराति फरार भएको जनाएको छ ।

कसको कमजोरीले यस्तो भयो, खुलेको छैन ।  प्रहरीले घटनालगत्तै  फरार अभियुक्तको खोजी थालिएको जनाएको छ ।