NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

८ दिनमै भ्रष्टाचार मुद्दाको फैसला, इन्सपेक्टर दोषी ठहर

काठमाडौं । बिशेष अदालतले आठ दिनमै भ्रष्टाचार मुद्दामा फैसला सुनाएको छ । नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धि भ्रष्टाचार मुद्दामा बिशेष अदालतले फैसला गरेको छ ।
सशस्त्र प्रहरीका इन्सपेक्टर प्रकाश बहादुर चन्दको शैक्षिक प्रमाणपत्र नक्कली भएको अदालतले ठहर गरेको छ ।
३६ नम्बर गण डोटीमा कार्यरत चन्दविरुद्ध गत १० बैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । उनले उत्तर प्रदेशको माध्यमिक शिक्षा परिषद्बाट हाइस्कुल उत्तीर्ण गरेको भनेर नक्कली प्रमाणपत्र पेश गरी भर्ना भएका थिए । उनीविरुद्ध उजुरी परेपछि आयोगले छानविन गर्दा उनले पेश गरेको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको हो । उनी परिचरबाट भर्ना भइ इन्सपेक्टरसम्म बढुवा भएका थिए । न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलाशले फैसला सुनाएको हो ।