गृह मन्त्रालयद्वारा ११ जिल्लाका सिडिओ हेरफेर

काठमाडौं । गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले ४० उपसचिवको जिम्मेवारी हेरफेर गर्दै सिडिओको पनि सरुवा गरेको हो ।
रसुवा, बझाङ, दैलेख, मुगु, कालिकोट, हुम्ला, मनाङ, ताप्लेजुङ, म्यादी, सोलुखुम्बु र डोल्पाका सिडिओ फेरिएका हुन् । रसुवामा वेदनिधि खनाल, विश्वमित्र कुईकेललाई बझाङ, खिमराज भुषाललाई दैलेख, टोपेन्द्र बहादुर केसीलाई मुगु, गणेश नेपालीलाई कालिकोट, विनोद पोखरेललाई हुम्लाको सिडिओमा सरुवा गरिएको छ ।
म्याग्दीमा कृष्ण प्रसाद शर्मा,मनाङको सिडिओमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल,सोलुखुम्बुमा खेवी पाण्डे खत्री र डोल्पामा तुलसी प्रसाद दाहालको सरुवा भएको गृह मन्त्रलायले जनाएको छ ।






ताजा अपडेट
-
नछुट्ने भए रवि, थुनामै राख्ने उच्चको आदेश सर्वोच्चद्वारा सदर
-
सुनुवाइ सकिएको साढे ५ घण्टासम्म किन आएन रविको आदेश ?
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
प्रतिक्रिया