एमाले प्रवेशको तयारीमा पप्पु कन्ट्रक्सनका मालिक रौनियार

काठमाडौं । विवादास्पद निर्माण कम्पनी पप्पु कन्ट्रक्सनका मालिक हरिनारायण रौनियार एमाले प्रवेश गर्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरी उनी एमाले प्रवेशको तयारीमा लागेका हुन् ।
देश जनताको समृद्धिका लागि सापेक्ष दृष्टिकोण एमाले अध्यक्ष केपी ओलीसँगमात्रै देखिएकाले यो अभियानमा आफू समाहित हुन लागेको रौनियारले बताए । उनी यसअघि पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बनमा परेका थिए । धेरै सरकारी ठेक्का लिने तर अलपत्र पार्ने भएकाले उनको पप्पु कन्ट्रक्सन बदनाम छ ।
प्रतिक्रिया