NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १० गते

बैतडीमा सिडिओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले बैतडीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) सुरेश पन्थीको सरुवा गरेको छ ।

उनी २०७९ जेठ ३० मा बैतडी गएका हुन् । लगभग १८ महिना पछि उनको सरुवा भएको हो । मन्त्रालयले पन्थीलाई हटाएर भिमकान्त शर्मालाई बैतडीमा खटाएको छ ।

शर्मा गृह मन्त्रालयमा कार्यरत थिए । त्यस्तै, म्याग्दीमा उपसचिव लक्ष्मण ढकाललाई पठाइएको छ । म्याग्दीका सिडिओ तुलसीराम पौडेलको एक वर्ष अवधि पुगिसकेको छ ।

म्याग्दीमा गत महिनामा कृष्ण प्रसाद शर्माको सरुवा भएकोमा उनी नगएपछि हाल ढकाललाई पठाइएको हो । शर्मा कुनै जिम्मेवारी नलिई गृहमा कार्यरत छन् ।

नोटः यसअघि समाचारमा ६ महिना हुन गएकोमा सच्याइएको छ ।  

ताजा अपडेट

नेपालवाच विशेष