चार सिडिओ र १२ प्रहरीमाथि कारबाही सिफारिस

काठमाडौं । चार प्रमुख जिल्ला अधिकारी र १२ प्रहरीमाथि राष्ट्रिय मानव अधिकार आयोगले कारबाही सिफारिस गरेको छ । एक व्यक्तिलाई पटकपटक पक्राउ गरी गैरकानुनी हिरासतमा थुनामा राखेको आधारमा आयोगले त्यसमा संलग्नहरुमाथि कारबाही सिफारिस गरेको हो ।
उदयपुर, खोटाङ, सिरहा र सोलुखुम्बुका तत्कालिन सिडिओ र प्रहरीमाथि विभागीय कारबाही सिफारिस भएको हो । नेपाल कम्युनिष्ट पार्टीका नेता चक्रबहादुर खत्रीलाई गैरकानुनी रुपमा पक्राउ गरी थुनामा राखेको आरोपमा कारबाही सिफारिस भएको हो ।
सिरहाका तत्कालिन सिडिओ सरोज गुरागाई, खोटाङका तत्कालिन सिडिओ शालिकराम शर्मा पौडेल, उदयपुरका दीपक पहाडी र सोलुखुम्बुकी रमा आचार्यमाथि विभागीय कारबाही सिफारिस भएको हो ।
त्यस्तै, सिरहाका तत्कालिन एसपी उमा चतुर्वेदी, खोटाङका डिएसपी नारायण चिमोरिया, सोलुखुम्बुका डिएसपी टेकुनन्द इवा लिम्बु, इन्सपेक्टर गोविन्द शाह, महेन्द्र दर्नाल, दीपेन्द्र श्रेष्ठ, सई श्याम राउत, असई नवराज दाहाल, ऋषी खनाल, राजन नेपाल, रामकुमार यादब र हवल्दार भुवनसिंह कार्कीमाथि कारबाही सिफारिस भएको हो ।
२०६६ र २०७७ सालमा उनीहरुले ६ पटक खत्रीलाई पक्राउ गरेका थिए । अभियोगबिना नै पक्राउ गरेर थुनेको भन्दै आयोगले त्यसमा सिडिओ र प्रहरीको गल्ती रहेको ठहर गरेको हो । उनीहरुमाथि कारबाही गर्न आयोगले फेरि सरकारलाई ताकेता गरेको छ ।
प्रतिक्रिया