NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १० गते

प्रधानमन्त्री कार्यालयमा सचिवसहित ६८ दरबन्दी कटौती

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ६८ वटा कटौती भएको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी दरबन्दी कटौती गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार कार्यशैली बदल्ने घोषणा गरी प्रधानमन्त्री कार्यालयको संरचनामा तत्कालै फेरिने बताएका थिए । सोहीअनुसार दरबन्दी कटौती भएको हो ।

यस्तै, आजको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष ०८०÷८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ। प्रवक्ता रेखा शर्माका अनुसार सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ तोकेको छ।

यसैगरी, सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष