बालकुमारी गोलीकाण्डले एसएसपीदेखि गृहमन्त्रीसम्म धरापमा

काठमाडौं । इपिएस कोरियाको परीक्षाको विवादमा प्रहरीले बल प्रयोग गर्दा शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवाले ज्यान गुमाए । प्रहरीको गोली लागेर वीरेन्द्र शाह र सुजन राउतको मृत्यु भएको छ ।
यो घटनाको सर्वत्र आलोचना भइरहेको छ । प्रहरीले आवेगमा आएर गोली चलाएको तथा अनावश्यक बल प्रयोग गरेको आरोप लागेको छ । कतिपयले गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरेका छन् ।
घटनामा ललितपुरका एसएसपी शिद्धिबिक्रम शाहको नेतृत्वमाथि पनि प्रश्न उठेको छ। उनलाई सरुवा गर्ने गृह मन्त्रालयको तयारी छ ।
घटनाको विषयमा छानबिन गर्न गृहले डिआइजी लालमणि आचार्यको नेतृत्वमा समिति गठन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले पनि छानबिन थालेको छ ।
प्रतिक्रिया