राजीनामापत्रमा मिति मात्र राख्न बाँकी छः मन्त्री श्रेष्ठ
काठमाडौैं । रास्वपाका मन्त्रीहरुले सरकारप्रति नै असन्तुष्टि जनाएका छन् । शुक्रबार गृहमन्त्री रवि लामिछानेले आफुहरु सरकारमा भएपनि सत्ता अरुसँगै रहेको बताएका थिए । शनिबार
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् ।
शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को स्थापना दिवसको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकार पुरातन र कर्मकाण्डी हिसाबमै चलेको र आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताएका हुन् ।
उनले राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको बताए । उनले कुनैपनि कुरामा रास्वपामाथि अनावश्यक, अनाधिकृत हिसावले सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिरिने चेतावनी दिए ।
उनले भने, ’शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्नेकुरा अहिले हामीले अनुभव गरिरहेका छौँ । किनभने अहिले सरकारको नेतृत्व गरिहेको छौँ, तर सत्ता अहिले पनि पुरातन शैलीमै, कर्मकाण्डी हिसावले नै चलिरहेको छ । हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौँ । केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसावले कुनै किसिमको सम्झौता गर्नुपर्यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिर आउन तयार छ । हामी राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ ।
ताजा अपडेट
-
युवा संघका उपाध्यक्ष गुन्डागर्दीमा सक्रिय, तीनपुस्ते नखुलेको भन्दै ‘उन्मुक्ति’
-
ठेक्कामा हुने सेटिङ रोक्न तीनै तहका सरकारलाई अख्तियारको पत्राचार
-
अटिजमका बालबालिकाको शिक्षा र दिनचर्या कसरी सामान्य बनाउने ?
-
भारतमा विषाक्त मदिराबाट मृत्यु हुनेकाे संख्या ६३ पुग्यो
-
गाउँपालिकाले प्राविधिक शिक्षा निःशुल्क पढाउने
प्रतिक्रिया