NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

मलेसियामा नेपालीको शव लिन जाँदै निगमको वाइडबडी

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी(ए–३३०) मलेसियामा विभिन्न कारण ज्यान गुमाएका नेपालीको शव लिन जाने भएको छ । आगामी माघ ८ मा १८ वटा शव लिन जाने निगमले जनाएको छ । मलेसियास्थित नेपाली राजदूतावासले जनाएअनुसार यतिबेला मलेसियामा २० भन्दा बढी नेपाली नागरिकका शव अलपत्र परेका छन् । यी शव नेपाल ल्याउन निगमको १५–१५ दिनमा उडान व्यवस्थापन गर्न दूतावासले पत्राचार गरेको थियो । निगमको ए–३३० जहाजले एकपटकमा १८ वटामात्रै शव ल्याउने क्षमता राख्छ । दुई पटक गरेर सबै शव नेपाल ल्याउने निगमले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष