लागुऔषध कारोवारमा संलग्न एक महिलासहित तीन पक्राउ

ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २४ वर्षीय हाङ्सु भनिने अमृत लाबुङ (लिम्बू), फुङलिङ नगरपालिका–९ स्थायी ठेगाना भई झापाको अर्जुनधारा बस्ने ३३ वर्षीया कल्पना गुरुङ र फुङलिङ नगरपालिकामा नै बसोवास गर्दै आएका भारतीय नागरिक अन्दाजी ३० वर्षीय रुपन साह भनिने मनोज साह रहेका छन् । उनीहरुलाई लागुऔषधको कारोवारमा संलग्न रहेको भन्ने गोप्य सूचनाका आधारमा छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार अमृत लाबुङ २५.८१ ग्राम हिरोइनसहित फुङलिङ नगरपालिका–६ गुम्बा चोकबाट पक्राउ परेका हुन् भने मनोज साह फुङलिङ नगरपालिका–७ मा पर्ने मेची राजमार्गबाटै ४ सय मिलीग्राम हिरोइनसहित पक्राउ परेका हुन् । फरक–फरक मिति र स्थानबाट पक्राउ परेका तीनै जनालाई बिहीबार प्रहरीले पत्रकार भेटघाट कार्यक्रमका बीच सार्वजनिक गरेको थियो । लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले विशेष योजनाका साथ खोजतलास तथा अनुसन्धान कार्यलाई अघि बढाएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।
ताजा अपडेट
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुुद्दा
-
‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
प्रतिक्रिया