अब पिसिआर रिपोर्टबिनै हुम्ला आउन पाइने

सिमिकोट । नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पिसिआर रिपोर्ट नचाहिने भएको छ । यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्टको प्रावधान थियो । २०७६ चैत ११ गतेदेखि कारोना जोखिम हुन नदिन लकडाउन जारी गरिए पश्चात् जिल्लाका नागरिक आवतजावत गर्नका लागि अनिवार्य गरिएको थियो । जिल्ला बाहिरबाट सदरमुकाम सिमकोट आउँदा दुई हजार रूपैयाँ तिरेर पिसिआर रिपोर्ट ल्याउनु पर्दा जिल्लावासी समस्यामा पर्ने गरेका थिए । जिल्ला प्रशासन कार्यालयको कोभिड विपत् व्यवस्थापन समितिको बैठकले अनिवार्य पिसिआर नचाहिने निर्णय गरेपछि सो समस्याबाट यहाँका स्थानीयवासीले छुटकारा पाएका छन् । सिमकोट आउदा पिसिआर रिपोर्ट नचाहिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए । जिल्ला बाहिरबाट आएका व्यक्तिलाई विमानस्थलको हेल्थ डेक्सले नियमित कोरोना चेकजाँच गर्ने भएको छ । रासस
ताजा अपडेट
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुुद्दा
-
‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
प्रतिक्रिया