बार्सिलोनालाई हराउँदै बिल्वाओले जित्यो सुपरकप, मेसीलाई पहिलोपटक रातो कार्ड

बार्सिलोनालाई हराउँदै एथलेटिक बिल्वाओले स्पेनिस सुपरकपको उपाधि जितेको छ । गएराती भएको खेलमा बिल्वाओले बार्सिलोनालाई ३–२ गोल अन्तरले पराजित गर्यो । खेलमा दुईपटकको अग्रता जोगाउन नसक्दा बार्सिलोना भने उपाधिविहीन बन्न पुग्यो । बार्साका लागि ४० औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरे । तर, ४२ मिनेटमैं ओस्कार डी मार्कोसले बराबरी गोल गरे । दोस्रो हाफको ७७ औं मिनेटमा बार्साका लागि ग्रिजम्यानले गोल गरे । ९० औं मिनेटसम्म पनि बार्साले अग्रता बनाइरह्यो । तर, ९० औं मिनेटमा एसिएर भिल्लालिब्रे गोल गरी खेलमा २–२ बराबरी गर्दै थप ३० मिनेटतर्फ डोहोर्याए । थप समयको तेस्रो मिनेटमैं इनाकी विलियम्ले गोल गरे र यही गोल नै निर्णायक हुन पुग्यो । अन्तिम समयतिर भने बार्साका कप्तना मेसीले सिधैं रेडकार्ड प्राप्त गरे । जुन बार्सिलोनाको करियरमा मेसीले पाएको पहिलो रेडकार्ड हो । यस अघि अर्जेन्टिनाबाट खेल्दा मेसीले दुईपटक रेडकार्ड पाएका थिए । हातले धकेलेर बिल्वाओका खेडालीलाई लडाएपछि मेसीलाई भिआरको सहयोगले सिधै रेडकार्ड दिइएको हो ।
ताजा अपडेट
-
सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ : मुख्य सचेतक बर्तौला
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
प्रतिक्रिया