सोलुमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु

सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार राति करिब ११ः३० बजे बा ४ ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए । हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । दूधकोशी सोलुखोला (८६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको उक्त आइचर भीरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । सोलु जलविद्युत् आयोजना (२३.५ मेगावाट)मा निर्माण प्रयोग भएका सामग्री निर्माणाधीन (८६ मेगावाट) दूधकोशी सोलु खोला जलविद्युत् आयोजनामा लैजाने क्रममा महादेव भीरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । सामग्री ढुवानीका लागि तिङलाबाटै पञ्चन निस्कन मिल्ने मार्ग भए पनि सल्यानतर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन ।
ताजा अपडेट
-
सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ : मुख्य सचेतक बर्तौला
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
प्रतिक्रिया