जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक तर, दिनहुँ बिजुली आउँने

काठमाडौं । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय प्रसारण नपुगेको जुम्लामा स्थानीय २२० किलोवाटको स्थानीय आयोजनाले माग नधानेपछि बिजुली व्यवस्थापन गर्न तालिका सार्वजनिक गरिएको जानकारी कार्यालयका वितरण प्रमुख गौरव पाण्डेले जानकारी दिए । ‘राष्ट्रिय प्रसारण लाइन नजोडिएको जुम्लामा स्थानीय २२० किलोवाट मात्रै उत्पादन हुन्छ तर, सदरकुमकामा १ मेगावाट माग छ । २२० किलोवाट पनि पूर्ण क्षमतामा चलेको छैन । खोलामा पानीको बहाव कम भएको छ । हिउँ पनि परेको छैन’ पाण्डेले नेपालवाचसँग भने, ‘पिक आवर धान्न पनि गाह्रो भएपछि हामीले तालिका सार्वजनिक गरेका हौं । नागरिक समाज, राजनीतिक दल र सबै सरोकारवालाहरुले माग गरेपछि तालिका नै सार्वजनिक गरेका हौं ।’ तालिका नआउँदा बिजुली जाने आउने भइरहँदा झन् समस्या भएको भन्दै जिल्लामा समन्वयमा तालिका ल्याउनुपरेको उनी बताउँछन् । ‘यो भन्दा अगाडि एक दिनको अन्तरमा बत्ती आउथ्यो तर, अब हरेक दिन बत्ती आउने गरेर तालिका ल्याएका हौं’ पाण्डेले भने, ‘हामीले व्यवस्थापन गर्न खोजेका हौं । तर, लोडसेडिङको तालिका नै आयो भनेर देशभर हल्ला भएछ । अब फेरि बिजुली व्यवस्थापन भनेर अर्को तालिका सार्वजनिक गर्छौ ।’ २० वर्ष उपभोक्ता समितिले नै यहाँको बिजुली व्यवस्थापन गर्ने गर्दथ्यो । तर, २०७७ जेठबाट प्राधिकरणले बिजुली व्यस्थापनको सबै जिम्मा लिएको छ । पाण्डेले आफूहरुले काम थालेपछि पहिलेभन्दा बत्ती आउने समय सुधार भएको, मेसिनहरु मर्मत भएको जानकारी दिए ।
ताजा अपडेट
-
सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ : मुख्य सचेतक बर्तौला
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
प्रतिक्रिया