NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

खुलेर गीत-संगीत सुन्नुहोस् खुसीयाली जीवन बाच्नुहोस्

हरेक मानिस कुनै न कुनै कारणबाट दुखी हुन्छ । यसमा हेल्थ अथवा जब जुनै पनि कारण हुन सक्छ । कोरोना भाइसरले मानिसमा चिन्ता अरु बढाएको छ । यो त सबैलाई थाहा नै भएको कुरा हो कोभिड–१९ महामारीले पूरै विश्व नै थला परेको छ । जब, विजनेश सबै अप्ठेरोमा छ । जसका कारण मानिस दुखी र चिन्तित छन् । तर जीवन त बाच्नुपर्ने हुन्छ । यस्तोमा संगीत सुन्नु पनि जीवनलाई सहज बनाउने एक राम्रो अभ्यास हुन्छ । यहाँ संगीत सुन्दा हुने राम्रा प्रभावहरुलाई चर्चा गरिदैं छ संगीत सुन्दा प्रतिरक्षा बलियो हुनुका साथै पाचन प्रणालीमा पनि सुधार आउँछ । त्यसैले सधै संगीत जरुर सुन्नुहोस् । रातमा संगीत सुन्दा दिमाग स्थिर हुन्छ । जसले गहिरो निद्रा लग्न मद्दत मिल्छ । तर सुत्नुभन्दा पहिला शान्त र स्लो खालको संगीत सुन्नु पर्छ । धेरै चर्काे आवाजको संगीत सुन्दा टाउको दुख्ने समस्या हुन सक्छ । नियमित संगीत सुन्दा दिमाग शान्त हुनुका साथै दिमागी सन्तुलन पनि राम्रो हुन्छ । जसले हाम्रो सिर्जनशीलतामा सहयोग पुग्छ । यदि तपाईं आफूलाई मन पर्ने संगीत सानो स्वरमा सुन्नुहुन्छ भने पढिएका कुराहरु धेरै याद हुन्छ । मनपर्ने संगीत सुन्दा स्ट्रोक को जोखिम कम हुन्छ र ध्यानमा पनि एकाग्रता हुन्छ । कोही मान्छे जतिसुकै पीडामा किन नहोस् गीत संगीत सुन्नाले धेरै हदसम्म पीडा कम हुन्छ । खासगरी मानसिक खालको समस्या हुँदा संगीत सुन्नाले दिमागलाई आराम दिन्छ । संगीतले जुनै प्रकारको दुखाइ कम हुन्छ । रक्त प्रवाह सामान्य हुन्छ । टाउको दुख्ने समस्या समाधान गर्न पनि सहायक हुन्छ । रगत सम्बन्धी र मुटुसम्बन्धी रोग निको पार्न पनि सहयोगी हुन्छ । एग्जाइटीको समस्यामा संगीतबाट दुई घण्टाको मसाजबाट मिल्ने जति राहत मिल्छ । मधुरो आवाजमा संगीत सुन्नाले स्ट्रोकको समस्याबाट छुटकारा पाउन सजिलो हुन्छ । वास्तवमा गीत सुन्दा दिमाग शान्त हुने भएकाले तनाव कम हुन्छ । साथै बिमारीबाट पनि बच्न सकिन्छ । कसैलाई असह्य पीडामा संगीत सुनाइन्छ भने उसले पीडाको प्रतिक्रिया दिन बिर्सन्छ । बच्चाहरुलाई राम्रो धुन सुनाएर इन्जेक्सन लगाउँदा कम दुखाई हुन्छ । अब, तपाईंले बुझ्नुभयो कि संगीत सुन्नु हाम्रो स्वास्थ्यको लागि कुनै दवाईभन्दा कम हुँदैन । त्यसैले खुलेर गीत संगीत सुन्नुहोस् । खुसीयाली जीवन बाच्नुहोस् ।

ताजा अपडेट

नेपालवाच विशेष