प्रधानमन्त्रीले किन बोलाए सर्वदलीय बैठक ?
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार बस्नेगरी ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा पछिल्लो समय सरकारले गरेका गतिविधिको जानकारी दिन र अन्य समसामयिक विषयमा छलफल हुने तयारी भएको प्रधानमन्त्रीका संचारविज्ञ रामशरण बजगाईंले जानकारी दिए । प्रधानमन्त्रीले मंगलबार सर्वदलीय बैठक बोलाउने तयारी गर्नुभएको छ’ बजगाईंले भने, ‘बैठकमा सरकारले अहिलेसम्म गरेका कामका साथै समसामयिक विषयमा पनि छलफल हुने छ ।’ बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएको जानकारी उनले दिए । बैठक ११ बजे बालुवाटारमा बस्ने बताइएको छ । पछिल्लो समय नेकपाको आन्तरिक विवाद पनि चुलिएका बेला प्रधानमन्त्रीले संसदमा रहेका दलहरुलाई बोलानुलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया