अध्यादेशको विवादबीच ओली–प्रचण्डबीच संवाद
काठमाडौं । संवैधानिक परिषद्को कार्यविधिसम्बन्धमा आएको अध्यादेशपछिकाे विवादकाबीच प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्ड संवादमा जुटेका छन् । नेकपाको स्थायी समिति बैठक बस्नु अघि ओली र प्रचण्ड संवादमा जुटेका हुन् । नेकपा नेता सुवास नेम्वाङले दुई अध्यक्षबीच छलफल चलिरहेको जानकारी दिए । ओली इतर समूहले अध्यादेश फिर्ताको माग गरेको छ । ओलीले भेटका लागि नेता शंकर पोखरेललाई बुधबार बिहानै प्रचण्डको खुमलटार निवास पठाएका थिए । अध्यादेशबारे स्थायी समितिमा कसरी बहस हुन्छ भन्ने विषयलाई चासोपूर्वक हेरिएको छ । आजै अध्यादेशबारे छलफल गर्न प्रतिपक्षी दल कांग्रेसको पनि बैठक बस्दैछ ।
ताजा अपडेट
-
ग्लोबल आइएमई बैंकलाई स्वीस इन्भेष्टमेन्ट फन्डको १० मिलियन अमेरिकी डलर लगानी
-
अधिवक्तादेखि सांसदसम्म सुहाङको यात्रा
-
कफीखेती प्रवर्द्धन गर्दै डाँडापारिका दुई गाउँपालिका
-
‘सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ’
-
तुलसीमेहरको चर्खामा किचलो, मुख्य गुठियारलाई कानूनी कारबाही गर्ने चेतावनी
प्रतिक्रिया