NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

पाकिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । पाकिस्तानमा शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट मानवीय क्षति भने भएको छैन । ताजकिस्तान केन्द्रविन्दु भएर स्थानीय समयअनुसार शुक्रबार राति १० बजे भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी, पञ्जाव प्रान्तलगायत स्थानमा महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतका पनि कतिपय स्थानमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबाट भौतिक संरचनाहरूमा क्षति पुगे पनि मानवीय क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष