प्रेस युनियनले गर्यो पत्रकारको दुर्घटना बीमा

डोटी । नेपाल प्रेस युनियन, डोटीले आफ्नो सङ्गठनमा आबद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरेको छ । युनियनमा आबद्ध भएर विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका जिल्लाका ७० पत्रकारको दुर्घटना तथा जोखिम बिमा गरिएको युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए । उनले भने,“काम गर्ने सिलसिलामा पत्रकार निकै जोखिममा हुने भएकाले हाम्रो सङ्गठनमा आबद्ध पत्रकारको बिमा गरेका छौँ, यसले काम गर्न हौसला मिल्ने छ ।” एशियन लाइफ इन्स्योरेन्स दिपायल शाखामा पत्रकारको रु एक लाख बराबरको बिमा गरिएको छ । यसअघि युनियनले सङ्गठनमा आबद्ध सदस्यसहित ९२ पत्रकारको कोराना बिमा गरेको थियो । जिल्लामा आफ्नो सङ्गठनमा आबद्ध पत्रकारको बिमा गर्ने प्रेस युनियन पहिलो सङ्गठन बनेको छ । प्रेस युनियनमा आबद्ध बिमा गरिएका पत्रकार कुनै दुर्घटनामा परे तत्काल एशियल लाइभ इन्स्योरेन्स दिपायल शाखाबाट बीमित रकम पाउने शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया