NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

प्रचण्ड समूहले आयोगमा भन्यो : नेकपाको विवाद समाधान नगरी निर्वाचन हुँदैन

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल समूहले नेकपाको आधिकारिकता विवाद मिलेपछि मात्रै निर्वाचन हुने मत राखेको छ । निर्वाचन आयोगले बोलाएको छलफलमा प्रचण्ड समूहबाट सहभागी लिलामणि पोखरेलले नेकपाको विवाद समाधान गरेर मात्रै निर्वाचन आयोग निर्वाचन तयारीमा जुट्नुपर्ने बताएका हुन् । उनले नेकपा ६४ प्रतिशत मत रहेको पार्टी रहेको भन्दै दलको विवादका प्रश्नहरु समाधान कसरी गर्नुहुन्छ भन्ने प्रश्न आयोगलाई गरेका थिए । उनले छलफलमा नेकपाको विवाद समाधान नगरी आयोगलाई निर्वाचनको तयारी नथाल्न भनेर आफू बाहिरिएको बताए । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा औपचारिक रुपमा फुटेको छैन । तर, दुई पार्टीको अभ्यास गरिसकेको छ । प्रचण्ड समूहले आफूहरुसँग बहुमत बढी केन्द्रीय सदस्यको हिस्सा रहेको भन्दै आधिकारिकता आफूले नै पाउनुपर्ने प्रमाणहरु आयोगमा बुझाइसकेको छ । ओली समूहले पनि आफूहरु नै अधिकारिक नेकपा भएको जिकिर गर्दै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष