NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

फेवातालमा थुप्रिएको गेग्रान झिक्न समिति

गण्डकी . गण्डकी प्रदेश सरकारले फेवातालमा थुप्रिएको गेग्रान झिक्न समिति गठन गरेको छ । चार दशकअघि निर्माण गरिएको बाँधको मर्मत गर्न तालको पानी सुकाइएपछि देखिएको गेग्रान निकाल्न समिति गठन गरिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको अध्यक्षतामा आज बसेको बैठकले मन्त्रालयका जैविक विविधता महाशाखा प्रमुख रामकाजी श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । फेवातालमा थुप्रियको माटो, ढुङ्गा, गिट्टी, बालुवालगायत वन पैदावार तथा नदीजन्य वस्तुसहित विभिन्न फोहरमैला व्यवस्थापन गरी तालको गहिराइ वृद्धि गर्ने उद्देश्यले समिति निर्माण गरिएको मन्त्री लम्सालले जानकारी दिए । समितिमा ताल प्राधिकरण गण्डकी प्रदेशका निर्देशक डा अनुप गुरुङ, पोखरा महानगरपालिका सहरी योजना आयोगका सदस्य सरोज कोइराला, डिभिजन वन कार्यालय कास्की प्रमुख केदार बराल, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्की प्रमुख इञ्जिनीयर किरण आचार्य, बृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकी प्रमुख रामसिंह थापा, जलाधार व्यवस्थापन कार्यालय तनहुँ प्रमुख कृष्णप्रसाद घिमिरे सदस्य रहेका छन् । तालका विभिन्न क्षेत्रमा थुप्रिएका गेग्रान निकाल्न बैठकले विभिन्न कार्यालयलाई कार्यक्षेत्र तोकेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष